Logo
Logo

फेरि सँगै अञ्जु र मनोजराज (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । चर्चित गायिका अञ्जु पन्त र मनोजराज शिवाकोटी फेरि सँगै देखिएका छन् । एक समयका पति–पत्नी मनोजराज र अञ्जु भावानात्मक रुपमा सँगै नभएपनि गायनमा सँगै देखिएका हुन् ।
गायक तथा संगीतकार मनोजराज र अञ्जुको स्वरमा ‘सम्झे पनि तिम्रो याद’ बोलको गजल सार्वजनिक भएको छ । गजलकार सुरेश वाग्लेको एकल एल्वम ‘तिमी साथ भएपछि’मा समावेस उक्त गजलमा मनोजराजकै संगीत रहेको छ ।
सम्बन्धविच्छेदपछि पहिलोपटक अञ्जु र मनोजराजले यसै गीतमार्फत सांगीतिक सहकार्य सुरु गरेका हुन् । उक्त गीतको भिडियो सार्वजनिक भएपछि रचनाकार वाग्लेले अञ्जु पन्त र मनोजराज सँग आफ्नो निकै पुरानो चिनजान रहेको बताउँदै उनीहरूको पारिवारीक सम्बन्धभन्दा टाढा रहेर सांगीतिक यात्रालाई निकट बनाएको बताए । उक्त गजल करिब १५ वर्षअघि उनीहरूले स्टेजमा गाउने गरेको सम्झँदै वाग्लेले आफ्नो विशेष पहलमा उनीहरूलाई फेरि सँगै गाउने वातावरण तयार गरेको बताए ।
निकेश खड्काको निर्देशनमा तयार भएको सार्वजनिक गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्ले स्वयंको अभिनय देख्न सकिन्छ । भिडियोमा निर्देशक निकेश खड्काले गायिका अञ्जु पन्तको जीवनमा भएको वास्तविक भूमिकामा नायिका प्रियंका कार्की र मनोजराजको भूमिकामा मोडल अनिल थापालाई दर्शक स्रोतामाझ प्रस्तुत गर्ने प्रयास गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्