Logo
Logo

चीन–अमेरिका व्यापार समस्या कायमै


- दृष्टि न्युज/संवाददाता


वासिंगटन, ५ माघ (एएफपी) । ह्वाइट हाउसका आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले चीन–अमेरिकाबीच रहेको व्यापार विवाद वार्ताबाट सकारात्मक दिशामा गएपनि समस्या समाधान भइनसकेको बताएका छन् ।
‘हामीले बेइजिङमा भएको उप–मन्त्रीस्तरीय वार्ताबाट चीन विवादमा केही प्रगति गरेका छौँ’, राष्ट्रपतिका आर्थिक सल्लाहाकार तथा राष्ट्रिय आर्थिक परिषद्का निर्देशक कुड्लाले अमेरिकी टेलिभिजन फक्स विजिनेसलाई भने, ‘केही पनि समाधान भएको छैन, कागजमा केही सम्झौता भएको छैन ।’ उनले थपे, ‘सहमतिबारे आएका हालैका समाचारहरू सही होइनन् ।’
बेइजिङले विगत पाँच बर्षदेखि अमेरिकासँग देखिएको व्यापार नाफालाई घटाउन सहमत बनेको र यसका कारण विश्व शेयर बजारमा समारात्मक सन्देश गएको भन्ने ब्लुमवर्गको समाचारलाई खण्डन गर्नेगरी आएको हो । अमेरिकाले व्यापार विवाद सुल्झाउन यसै महिना आफ्नो प्रतिनिधिमण्डललाई बेइजिङ पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्