Logo
Logo

प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरू


0
Shares

काठमाडौं । प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सुरु प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेलमा प्रतिस्पर्धा हुनेछ ।

भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहेको छ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने राखेपले जनाएको छ ।

प्रतियोगितामा विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी छन् । एथलेटिक्समा १२, भलिबलमा १ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान ५–५ गरी जम्मा २३ स्वर्णका लागि प्रतिस्पर्धा हुने राखेपले जनाएको छ । प्रतियोगिता मंगलबार समापन हुने राखेपले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्