Logo
Logo

साफ यू-१९ : आज नेपाल र भारत भिड्दै


252
Shares

काठमाडौं । बङगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज भारतविरुद्ध खेल्दैछ । ढाकाको मुस्ताफा कमल रंगशालामा खेल नेपाली समय अनुसार अपरान्ह ३ बजे सुरु हुनेछ ।

यसअघि भएको दोस्रो खेलमा भुटानविरुद्ध नेपाल १–० गोल अन्तरले विजयी भएको थियो। उक्त खेलमा नेपालका तर्फबाट सेनु परियारले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो। एक खेलमा हार र एकमा जित निकालेको नेपाल फाइनलमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिदैछ । २ खेल खेलेको नेपालको मात्र ३ अंक छ । आजै हुने अर्को खेलमा आयोजक बंगलादेशले भुटानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्