काठमाडौं । आजदेखि सुरु भएको नेपाल–क्यानडा ओडीआईअन्तगर्त एक दिवशीय खेलमा बायाँ हाते स्पिनर सूर्य तामाङ र तिव्र गतिका बलर रिजन ढकालले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टोलीबाट डेब्यु गरेका छन् ।
क्यानडारिुद्धको तीन खेलको ओडीआई सिरिजको पहिलो खेलमा सूर्य र रिजनले डेब्यु गरेका हुन् । सूर्यले हालै सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका थिए ।

प्रतियोगिताका ९ खेलमा ३० विकेट लिएका सूर्य सर्वोत्कृष्ट खेलाडीसमेत बनेका थिए । यसअघि नै उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका सूर्यले सिनियर टोलीमा स्पिनरको स्थान खाली भएसँगै अवसर पाएका हुन् ।
यस्तै, बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले पनि ओडीआईमा डेब्यु गरेका छन् । बागमती प्रदेशका रिजनले पीएम कपका ९ खेलमा १५ विकेट लिएका थिए । यू–१९ टोलीबाट खेलिसकेका रिजनले सिनियर टोलीमा पहिलोपटक स्थान बनाएका थिए ।














