
काठमाडौं । क्यानडाविरुद्धको जारी खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ । २९औँ ओभरको तेस्रो बलमा कुशल मल्ल आउट भएका हुन् ।
उनले ३२ बल खेल्दै २० रन जोडे । यसअघि ओपनर कुशल भुर्तेल ६२ रनमा, आसिफ शेख र रोहित पौडेल ८÷८ रनमा, भीम सार्की १७ रनमा आउट भएका थिए । अहिले क्रिजमा आरिफ शेख र पवन सर्राफ खेलिरहेका छन् ।
नेपालले ३१.३ ओभरमा १४६ रन बनाएर खेलिरहेको छ । क्यानडाविरुद्धको शृंखलाअन्तर्गत त्रिवि मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।














