Logo
Logo

कैलालीमा छुरा हानेर हत्या, स्थानीयद्वारा अत्तरीया बन्द


- दृष्टि न्युज/संवाददाता



कैलाली, ६ माघ ।
शनिबार कैलालीको गोदावरीमा एक युवकको छुरा हानी हत्या भएको छ । गोदावरी नगरवालिका १ बस्ने बर्ष २० को अरुण भट्टको हत्या भएको हो । बायाँ छातीमुनीको भागमा चक्कु प्रहार भएको अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।


अभियुक्तलाई पक्राउ गर्न माग गर्दै स्थानीयले अत्तरीया बन्दको आह्वान गरेका छन् । प्रहरीको कमजोरीले अपराध बढेको भन्दै स्थानीयहरुले प्रहरीविरुद्ध नाराबाजी समेत गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्