
काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले मालदिभ्सलाई दुई सय २८ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो ।
नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए । रुविनाले ५४ बलमा शतक पूरा गरिन् भने पुजाले करिअरको पहिलो अर्धशतक बनाउने क्रममा ५९ रन बनाइन् ।
रुविना नेपालका लागि पहिलो शतक प्रहार गर्ने महिला खेलाडी समेत बनिन् । उनले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको योगदान दिइन् । यता पुजाले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् ।














