
काठमाडौं । नेपालका पूर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजनाले आईसीसीको लेभल– २ कोचिङ कोर्स पास गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्राजुले आईसीसीको लेभल–२ को कोचिङ कोर्स उत्तीर्ण गरेका हुन् ।
सिंगापुरमा सम्पन्न कोचिङ कोर्समा ज्ञानेन्द्र पहिलो शक्ति दोस्रो र रिजन तेस्रो भएको क्यानले जनाएको छ । आईसीसीको लेभल–२ तहको कोचिङ कोर्स उत्तीर्ण गरेपछि अब तीनै जनाले स्थानीय, जिल्ला र प्रदेशस्तरको तथा जुनियर तहका क्रिकेट खेलाडीलाई कोचिङ गर्न सक्नेछन् ।














