Logo
Logo

एनआईसी एशिया बैंकको ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ योजना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्नुहुने ग्राहक महानुभावहरू तथा मर्चेन्टहरूलाई ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ योजनाअन्तर्गत नगद उपहारको अफर ल्याएको छ । यो योजना अवधिभर मर्चेन्टहरूले रु १५ हजार रूपैयाँसम्म र ग्राहक महानुभावहरूले एक हजार ५०० रूपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् । साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । यो योजनाअन्तर्गत ग्राहक महानुभावहरू तथा मर्चेन्टहरूले २०७६ चैत १ देखि एक महिनासम्म मोबाइल बैंकिङमार्फत कारोबार गर्नुपर्ने बैंकको प्रमुख सर्त रहेको छ । बैंकले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजनाहरू ल्याउँदै आएको छ भने आगामी दिनहरूमा समेत यस्तै प्रकारका योजनाहरूलाई निरन्तरता दिनेछ । यस किसिमका योजनाहरूले आमजनमानसलाई डिजिटल बैंकिङप्रति आकर्षित गर्ने तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै नेपाल सरकारको ‘डिजिटल नेपाल २०२०’ को लक्ष्यलाई समेत टेवा पु¥याउने बैंकले विश्वास लिएको छ ।

एनआईसी एशिया बैंकले विभिन्न नगद फिर्ता सम्बन्धी अफरहरू आफ्ना ग्राहक महानुभावहरू सामु नियमित रुपमा ल्याइरहेको छ । जस्तै, प्रत्येक शुक्रबार बेलुकी ८ बजे देखि शनिबार बिहान ८ बजेसम्म सञ्चालित ‘ह्याप्पी आवर’ मा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ५ प्रतिशत वा १ सय रूपैयाँसम्म नगद फिर्ता, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा एक हजाररूपैयाँसम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत नगद फिर्ता, प्रत्येक बुधबार दराज अनलाइनबाट सामान खरिदमा १० प्रतिशत वा पाँच सय रूपैयाँसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा दुई हजार रूपैयाँसम्म छुट, ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी भाग्यमानी ग्राहक महानुभावहरूले एक हजार रूपैयाँसम्मको नगद उपहार लगायत विभिन्न योजनाहरू बैंकले सञ्चालन गरिरहेको छ । बैैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यससँगै ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ र डेबिट कार्ड प्रयोग गरी दुई हजार २०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने आकर्षक फाइदा लिन सक्ननेछन् ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000