Logo
Logo

ओशो आश्रममा कोरोनाविरुद्ध जनचेतना


- दृष्टि न्युज/संवाददाता


धरान, ३ चैत । हाल विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका संसारभरिका मृतआत्माहरुको चीरशान्तिको कामना गर्दै शनिबार ओशो आश्रम धरानको प्राङ्गणमा शोकसभा तथा भाइरसबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

‘नेपाल–चीनमैत्री अमर रहोस्, कोरोना भाइरसविरुद्धको लडाइँमा हामी साथसाथ छौँ’ भन्ने नारा लेखिएको व्यानरमुनि मैनवत्ती बालेर एक मिनेट मौनधारण गरिएको थियो । नेपाल–चीन मितेरी संस्था प्रदेश नं १, हङकङ नेपाली महासंघ, वातावरण तथा पर्यटन विकास केन्द्र (सेढ नेपाल) र ओशो महापरी निर्माण ध्यान केन्द्र धरानको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा बोल्नुहँुदै हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाले कोरोना भाइरसबाट हङकङमा पनि आतंक फैलिएको तर हालसम्म कुनै नेपाली पनि संक्रमणमा नपरेको जानकारी दिए ।

कोरोना भाइरसबाट बच्न हङकङमा प्रत्येक नागरिकलाई ५ वटा सूत्र दिएको छ । सो सूत्र भनेको हात राम्ररी धुने, माक्स लगाउने, एकअर्कामा डेढ मिटर टाढा बस्ने, भीडभाडमा जान नहुने कुरा रानाले बताए । हङकङ बस्ने ४० हजार नेपालीलाई सुरक्षित राख्न महासंघले मास्क वितरण, जनचेतनामूलक कार्यक्रम गरिरहेको र केही समयका लागि नेपालमा आएर पनि आफूले यस्तै कार्यक्रमहरु गरिरहेको बताए ।

उनले. नेपालमा पनि कोरोना भाइरस फैलन नदिन कार्यक्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा सहायक प्रवक्ता अशोक एैरले कोरोना भाइरस एक कमजोर तर साहै्र सुक्ष्म जीवाणु भएकाले हावाबाट चाँडै सर्न सक्ने तर प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसको मात्र ज्यान लिनसक्ने भएकाले यसबाट बच्न डर नमानी विशेष सावधानी अपनाए पुग्ने बताए । हालसम्म यसखाले भाइरस मार्ने औषधि नबनेको हुनाले मात्र मर्नेहरुको संख्या बढेको हो अन्यथा यो अरु भाइरसभन्दा कमजोर नै भएको बताए ।

वातावरण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले विश्वलाई नै सयौँपटक तहसनहस पार्न सक्ने आणविक हतियार बनाएर बसेका देशहरु आज आँखाले देख्न नसक्ने जीवाणुबाट भयभीत भएका छन् । जैविक अस्त्रको रुपमा फैलिएको कोरोना भाइरस परास्त गर्न हामीले नेपाली जडीबुटी खाने, सात्विक खाना खाने, आन्तरिक क्षमता वृद्धि गर्न हाम्रा पितापुर्खा ऋषिमुनिहरुले सिकाएको ध्यान प्रणायम गर्नुमा जोड दिनुपर्ने बताए । कार्यक्रममा पत्रकार महेश श्रेष्ठ, ओशो महापरी निर्माण ध्यान केन्द्रका अध्यक्ष स्वामी सुमित डाँगीले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्