Logo
Logo

असिनापानीले पु¥याएको क्षतिको मन्त्री अर्यालद्वारा स्थलगत निरीक्षण, विचलित नहुन आग्रह


- दृष्टि न्युज/संवाददाता


स्याङ्जा, ३ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले स्याङ्जास्थित फेदिखोला नगरपालिकामा असिनापानी चट्याङले पु¥याएको क्षतिको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री अर्याल आज सोमबार फेदिखोला गाउँपालिका पुगेर शनिबार राति आएको हावाहुरी चट्याङसहितको असिनापानीले गाउँपालिका क्षेत्रमा पु¥याएको क्षतिको निरीक्षण गर्नुभएको हो ।

असिनापानीले ठूलो मात्रामा क्षति पु¥याएको क्षेत्र फेदिखोला गाउँपालिका वडा नम्बर ४ को आरुखर्क र वडा नम्बर २ को कुडुले भन्ने स्थानमा पुगेर मन्त्री अर्यालले स्थलगत निरीक्षण गर्नुभएको हो । असिनापानीले क्षति पु¥याएको क्षेत्रमा पुगेर मन्त्री अर्यालले कृषिमा लगानी गरेर अगाडि बढेमा कृषिमार्फत देश समृद्ध हुने भन्दै त्यसैका आधारमा फेदिखोलाबासी कृषिमा लागेको बताउनुभयो ।

यस क्षेत्रमा प्राकृतिक विपत्तिबाट ठूलो क्षति हुन पुगेको भन्दै यस क्षतिबाट निराश नभएर फेरि पनि ऊर्जाका साथ कृषि क्षेत्रमा अगाडि बढ्न मन्त्री अर्यालले त्यस क्षेत्रका नागरिकलाई आग्रह गर्नुभएको छ । ‘तपाईंहरु कृषि क्षेत्रमा ऊर्जाका साथ लाग्नुभयो । यो कार्यको म उच्च प्रसंशा गर्दछु । अहिले प्राकृतिक विपद् आएर ठूलो क्षति पु¥याएको छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘यस क्षतिबाट तपाईंहरु कति पनि विचलित नभएर फेरि पनि ऊर्जाका साथ लाग्नुस्, राज्यले तपाईंहरुलाई सहयोग गर्छ ।’

मन्त्री अर्यालले गाउँपालिकाको सबै क्षेत्रमा पुगेको क्षतिको मूल्यांकन गरेर विवरण पेश गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कृषि कार्यालयका प्रमुख, गाउँपालिका प्रमुखलाई आग्रह गर्नुभएको छ । सबै विवरण आइसकेपछि संघ, प्रदेश र स्थानीय तह मिलेर उचित क्षतिपूर्ति दिने मन्त्री अर्यालले प्रतिबद्धता व्यक्त गर्नुभयोे ।

गत शनिवार चैत १ गते राति साढे ११ बजेदेखि साढे २ बजेसम्म अबिरल रुपमा परेको असिनापानीले वडा नं १, २, ३, ४, ५, ९ वडामा क्षति पु¥याएको छ । असिनापानीका कारण टनेल, सागसब्जी, सुन्तलाको रुखहरु, डाले घाँस सबै ध्वस्त भएको वडा नम्बर ४ का अध्यक्ष माधव शर्माले जानकारी दिनुभयो । यस्तो ठूलो असिनापानी ययसअघि आएको थाहा नपाएको उहाँले बताउनुभयो । ‘२०२४ सालमा अलिअलि आएको थाहा पाउछौँ । त्यसपछि यस्तो असिनापानी आएकै छैन । म अहिले ५८ वर्षको भएँ, यस्तो असिनापानी आयो कि सबै कुरा लगेर गयो’, वडाध्यक्ष शर्माले भन्नुभयो ।

शर्माका अनुसार वडा नं १ मा ६० प्रतिशत, वडा नं २ मा ५५ प्रतिशत, वडा नं ३ मा ५० प्रतिशत क्षति भएको छ । उहाँका अनुसार वडा नं ४ मा सबैभन्दा बढी क्षति भएको छ भने वडा नं ५ मा कम क्षति भएको छ । एक÷दुई घरमा चट्याङ परे पनि क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्