Logo
Logo

आइसिसी लिग-२ : आज नेपाल र नामिबिया भिड्दै


441
Shares

काठमाडौं । आजदेखि आइसिसी लिग–२ को त्रिदेशीय सिरिज सुरू हुँदैछ । सन् २०२७ को विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको लिग–२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले खेल्दैछन् । आजको उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र नामिबिया भिड्दै छ । खेल बिहान सवा ९ बजे सुरू हुनेछ ।

नेपालको टिममा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह छन् ।

यस्तै, नेपालले फागुन ५ मा नेदरल्यान्ड्ससँग नेपालले खेल्नेछ । यस्तै, फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ ।

लिग–२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिममा दुई खेलाडी परिवर्तन गरेको छ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका अनिल र देवलाई वैकल्पिकबाट राष्ट्रिय टिममा स्थान दिएको छ । यसअघि टिममा रहेका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर अर्जुन साउद भने टिमबाट बाहिरिएका छन् ।

यस्तो छ खेल तालिका

नेपाल भर्सेस नामिबिया – फागुन ३
नेपाल भर्सेस नेदरल्यान्ड्स – फागुन ५
नेपाल भर्सेस नामिबिया – फागुन ९
नेपाल भर्सेस नेदरल्यान्ड्स – फागुन १३

लिग–२ खेल्ने टिमहरु
क्यानडा
नामिबिया
नेपाल
नेदरल्याण्ड्स
ओमान
स्कटल्याण्ड
संयुक्त अरब इमिरेट्स
संयुक्त राज्य अमेरिका

प्रतिक्रिया दिनुहोस्