
काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले १४ महिला स्वास्थ्य स्वयंसेविकाका खुट्टामा आफैँले जुत्ता लगाइदिएर सम्मान गरेका छन् ।
प्रजातन्त्र दिवसको अवसर पारेर प्रदेश स्वास्थ्य मन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा १४ जिल्लाका एक÷एक स्वयंसेविकालाई मुख्यमन्त्री कार्कीले जुत्ता लगाइदिएर सम्मान गरेका हुन् । सो अवसरमा उनीहरूलाई चाँदीको सिक्का, खादा, सम्मानपत्र र नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
मुख्यमन्त्री कार्कीले आफ्ना सन्तानको हेरचाह छाडेर अरूको सेवा गर्न दौडने आमाहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए ।जिल्ला जनस्वास्थ्य कार्यालयले हरेक जिल्लाबाट एक÷एक ‘उत्कृष्ट’ स्वयंसेविकालाई आधारभूत स्वास्थ्य सेवामा योगदानको कदरस्वरूप सम्मान गरेको हो ।














