Logo
Logo

देशभर तुवाँलो, अझै हटेन प्रदुषण


126
Shares

काठमाडौं । अहिले देशभर तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले नेपालको वायु अझै स्वच्छ छैन भनेर बुझ्नुपर्ने मौसमविदको भनाइ छ ।

बिहीबार गण्डकी, बागमती र कोशी प्रदेशमा हावाहुरीसहित वर्षा भएसँगै प्रदूषण केही कम भएको थियो । ‘धेरै स्थानमा अहिले पनि डढेलो लागिरहेको छ, हावामा धुवाँ, धुलो कायमै छ’ महाशाखाका मौसमविद रोजन लामिछानेले भने, ‘हिजोको पानीले प्रदूषण केही मात्रामा घटेको जस्तो देखिएपनि वासआउट भने गरेन ।’

अघिल्ला दिनहरुमा नेपालमा प्रदूषणको स्तर ह्वात्तै बढेर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको थियो । विश्वभरको वायु प्रदूषणको स्तर मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार नेपालको वायू गुणस्तर सूचक (एक्यूआई) २०० माथि पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्