Logo
Logo

 चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने भएको हो ।

The current image has no alternative text. The file name is: npl-9.jpg

चितवनले आजको खेलमा अर्जुन साउद, रन्जित कुमार, मौसम ढकाल, रवि बोपारा र डाविड मलान बाहिरिँदा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान मोस्ली र उसामा मिर खेल्दै छन् ।

कर्णाली याक्सले १ मात्र परिवर्तन गरेको छ । दीपेन्द्र रावतको स्थानमा सचिन शर्मा आएका छन् । चितवन राइनोज अङ्क तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ भने कर्णाली याक्स अङ्क तालिकाको सातौं स्थानमा छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000