
काठमाडौं । झापाको मेचीनगरमा दुवै दारा काटिएको अवस्थामा एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।
मेचीनगर नगरपालिका– १२ स्थित कालीका सामुदायिक वनभित्र हात्ती मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए । स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो । दारा काटिएको अवस्थामा मृत हात्ती भेटिएकाले घटनाको विस्तृत विवरण पोस्टमार्टमपछि मात्र खुल्ने वन प्रमुख राईले बताए ।














