काठमाडौं । नेपाल पत्रकार महासंघले ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी कार्यक्रमाकाे आयोजना गरेको छ ।
शुक्रबार विभिन्न संघ, सङ्गठन तथा संस्थाका पत्रकारहरू प्रभातफेरीमा सहभागी थिए । ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ ।

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको हो ।














