
काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा प्रहरीको टोली पुगेको छ । सेन्टरमा बसिरहेका सुकुमबासीहरुले थाल ठटाएर विरोध प्रदर्शन गरेपछि प्रहरी टोली पुगेको हो ।
स्थानीय प्रशासनले सेन्टरमा बसेका सुकुमबासीहरुलाई आज २ बजेसम्ममा सो स्थान छाड्न निर्देशन दिएको छ । आवासको विकल्पबिना होल्डिङ सेन्टरबाट हटाउन खाजेको भन्दै उनीहरूले थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् ।



















