Logo
Logo

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको ह्विप


4.8k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी समूहले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन निर्देशन जारी गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् ।

नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसदहरू विभाजित छन् । रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद छन् । मुख्यमन्त्री सोडारीले आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । तर सत्ता साझेदार दलबीच नै विश्वासको मतबारे एकरूपता छैन ।

प्रतिक्रिया दिनुहोस्