Logo
Logo

कोरोना रोकथामका लागि भौतिक मन्त्रालयले सातै प्रदेशलाई ९१ लाख उपलब्ध गराउने


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ २८ चैत । निर्माण व्यवसाय विकास परिषद्ले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशलाई १३ लाखको दरले ९१ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । परिषदका अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रदेश स्तरिय कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपाल निर्माण व्यवसायी महासंघ, निर्माण व्यवसायसंग सम्बन्धीत मन्त्रालय तथा निकायहरुको प्रतिनिधित्व रहने परिषद्ले सामान्यतय निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि, तालिम लगायतका काम गर्छ ।

अहिले कोरोना भाइरसका कारण मुलुक नै संकटमा रहेकाले यसको रोकथामका लागि परिषदको कोषबाट प्रदेशलाई रकम उपलब्ध गराउन लागिएको भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले बताउनु भयो । उहाँले भन्नुभयो अहिले कोरोना भाइरसका कारण विश्व नै अप्ठ्यारो परिस्थितिमा छ । सिंगो राज्य नै यो भाइरस विरुद्धको लडाइमा छ । बाँच्नु र बचाउनु पहिलो प्राथमिकता भएकाले औषधी, उपकरण खरिद र उपचारका लागि प्रदेशहरुलाई रकम उपलब्ध गराइएको हो ।

परिषद्को गत चैत ५ गते बसेको बैठकका निर्णय अनुसार कोरोना भइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार केन्द्रीय कोषमा यस अघि नै १ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्