Logo
Logo

दक्षिणकालीको खोंचमा मोटरसाइकलसहित २ जनाको शव भेटियो


4.7k
Shares

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा दुई जनाको शव फेला परेको छ । दक्षिणकाली नगरपालिका–८ केराबारीको खोंचमा एक जना महिला र अर्को पुरुषको शव फेला परेको हो ।

मृत भेटिनेमा धादिङको सिद्धलेक गाउँपालिका– ५ घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका– ५ भक्तपुरकी ३२ वर्षीया सविना राई रहेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारी बताए ।

शव नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि बरामद भएको एसपी अधिकारीले जानकारी दिए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनीहरुको केहि दिनअघि नै मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अनुमान गरिएको एसपी अधिकारीले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्