काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सीताराम प्रसाईं महालक्ष्मी जेहेनदार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको छ । छात्रवृत्ति श्री सीताराम सामुदायिक अंगे्रजी विद्यालय, मेचीनगर– १४, झापामा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरिएको हो । छात्रवृत्तिको रकम ५० हजार रुपैयाँ रहेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमबिच बैंकका प्रतिनिधिले विद्यालयका प्रधानाध्यापकमार्फत छात्रवृत्ति हस्तान्तरण गरे । यस प्रकारको संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत जेहेनदार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले स्व. सीताराम प्रसाईंको स्मृतिमा उक्त छात्रवृत्ति स्थापना गरिएको थियो ।


















