
काठमाडौं । हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ ।
बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ र ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड जितेको हो ।
व्यवसाय सञ्चालनको सुरुवातदेखि हालसम्मकै उच्चतम अक्वायरर रेकर्ड कायम गर्न सफल भएको भन्दै बैंकलाई यी अवार्ड प्रदान गरिएको हो ।
भिसाबाट प्राप्त सम्मानले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा बैंकले हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन मिल्ने विश्वास बैंकले व्यक्त गरेको छ । साथै, आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न थप ऊर्जा र हौसला मिलेको बैंकको भनाइ छ ।
हाल हिमालयन बैंकले देशभर १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर र २७९ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै, बैंकका ९ हजारभन्दा बढी पीओएस टर्मिनल र ८ हजार ५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्र सञ्चालनमा छन् ।
बैंकले आफ्नो विस्तारित सञ्जालमार्फत ग्राहकलाई आधुनिक तथा परिस्कृत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।


















