Logo
Logo

हतारमा पार्टी र वाम एकता हुँदैन: प्रधानमन्त्री


126
Shares

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् ।

चितवनमा शुक्रवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले विगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताए ।

‘पार्टी एकता वा वाम एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छ र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौँ’, प्रधानमन्त्री दाहालले भने ।

पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उनले सतर्कताका साथ आफूहरू अगाडि बढेको बताए । प्रधानमन्त्री दाहालले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत गरेर काम गरिरहेको बताए ।

मन्त्रालयका आ(आफ्ना जटिलता रहेको उल्लेख गर्दै उनले भने, ‘जनतालाई प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम देखिनुपर्छ ।’ समग्रमा अहिलेको परिस्थिति जस्तो छ त्यही अनुसार सरकारले गर्न सक्ने काम मेहनत गरेर गरिरहेको उनको भनाइ थियो।

कृषकले पाउनुपर्ने दूधको भुक्तानीमा सरकारले पहल गरिरहेको प्रधानमन्त्री दाहालले बताए । कृषकका समस्या समाधान गर्न सरकारले गम्भीर भएर काम गरिरहेको उनको भनाइ थियो । धान रोप्ने समयमा किसानलाई मल अभाव नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्