Logo
Logo

आज ३९ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह


2.8k
Shares

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज देशका ३९ जिल्लासहित आसपासका क्षेत्रमा बाढी आउने सम्भावना रहेको बताएको छ ।

बाढी महाशाखाले बुलेटिन जारी गर्दै ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाटन सुस्तापश्चिम), पाल्पा, तनहुँ, स्याङजा, पर्वत, म्याग्दी, बाग्लुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको हो ।

यसैगरी इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, सल्यान, दैलेख, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहने देखिएको बताएको हो ।

यी जिल्ला भई बहने नदीमा आकस्मिक जोखिम रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्