काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल कुमार शर्माले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा करिब ३ घण्टा बयान दिएर संसदमा फर्केका छन् ।

आइतबार सांसद शर्माले सरकारी वकिल कार्यालयमा आफूमाथि लागेको आरोपमा बयान दिएका हुन् । स्रोतका अनुसार बिहान ११ बजे पुगेका शर्माको बयान २ बजे बयान सकिएको थियो ।
शर्माले एमबीबीएस पढ्दा पेस गरेको आईएस्सीको प्रमाणपत्र शङ्कास्पद रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।
शर्मा यसअघि २०८० साउनमा पक्राउ परेका थिए । पछि उनी छुटेका थिए । केही दिनमा उनीमाथि मुद्दा चल्ने कि नचल्ने भन्नेबारे निर्णय हुनेछ ।














