Logo
Logo

एकीकृत समाजवादीको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने


1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नेतृत्व चयन गर्न विद्युतीय मेसिनबाट मतदान हुने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशनका लागि झलनाथ खनालको अध्यक्षतामा गठित १३ सदस्यीय अध्यक्ष मण्डलले मतदान विद्युतीय माध्यमबाट गर्ने निर्णय गरेको हो ।

आइतबारदेखि सुरु भएको दशौं महाधिवेशनमा आज बन्द सत्र चलिरहेको छ । बन्द सत्रपछि नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । आगामी नेतृत्वका लागि माधवकुमार नेपाल र घनश्याम भुषालबीच प्रतिस्पर्धा हुने सम्भावना बढी छ ।

प्रतिक्रिया दिनुहोस्