Logo
Logo

राप्रपाको पदाधिकारी बैठक बस्दै


1.4k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ । राप्रपाले परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पदाधिकारी बैठक बोलाएको हो ।

बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यरात सत्ता सहकार्य गर्नेबारे सहमति जुटेसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने परिस्थिति निर्माण भएको छ ।

गएराति दुई दलबीच नयाँ सरकार बनाउने, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधार गर्नेलगायतका विषयमा सहमति जुटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्