Logo
Logo

ग्राजुएट २६ विद्यार्थीका ९ वटा शर्ट फिल्म देखाइयो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । राजधानीमा रहेको कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीहरुले बनाएको शर्ट फिल्महरु प्रदर्शन गरिएको छ । दोश्रो ग्राजुएसन कार्यक्रमअन्र्तगत फिल्म देखाइएको हो ।
कार्यक्रममा एक्टिङ र फिल्म मेकिङमा एक बर्षे डिप्लोमा कोर्ष सकाएका २६ जना विद्यार्थीहरुलाई ग्राजुएट गरिएको थियो । ग्राजुएट भएका विद्यार्थीहरुले बनाएको फरक फरक विषयको ९ वटा सर्ट फिल्महरु पनि प्रदर्शन गरिएको हो ।
प्रदर्शन हुने फिल्महरुमा हेम प्रभासको ‘द मास्क’, दिपेश याक्सोको ‘तिम्मक’, रीमा थापाको ‘व्युत्क्रमो’, उदय अधिकारीको ‘पाथ टु हेल’, राज दिप लामाको ‘ग्याङ्गस अफ काठमाण्डौ’, ईश्वरी आचार्यको ‘बुद्ध, आईज एण्ड बिटवीन’, उद्धव दंगालको ‘लोङ्गवा’, रविन्द्र श्रेष्ठको ‘रियल कोईन्स’, र दिपेन्द्र मल्लको ‘पद्मा’ थिए ।

चलचित्र हेरिसकेपछि ग्राजुएट भएका विद्यार्थीहरुलाई निर्माता तथा एकेडेमीका अध्यक्ष छविराज ओझा, निर्देशक÷कलाकार दीपाश्री निरौला, निर्देशक उज्वल घिमीरे र निर्माता केशव भट्टराईले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमको अन्त्यमा बोल्दै दिपाश्री निरौलाले सबै चलचित्र राम्रो भएको र सँधै यही जोसका शाथ कहील्यै हार नखाई अगाडी बड्न सबै विद्यार्थीहरुलाई हौसलासहित शुभकामना दिएका थिए ।
विद्यार्थी, शिक्षक, प्यारेन्टस् र पत्रकारहरुको बिचमा गरिएको उक्त फिल्म प्रदर्शनीमा चलचित्रकर्मीहरु, ज्ञानेन्द्र देउजा, गोपाल काजी कायस्थ, नवल नेपाल, पुष्प खड्का, दिपक बज्राचार्य, सुवर्ण थापा, बिष्णु कल्पितलगायत थुप्रै निर्माता निर्देशकको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्