Logo
Logo

बाजुराका दुई जनाको कोराना नेगेटिभ


- दृष्टि न्युज/संवाददाता


नन्दा थापा, वैशाख, १२ बाजुरा । त्रिवेणी नगरपालिकाका २ जनामा पिसिआर चेक गर्दा कोरोना संक्रमण नेगेटिभ आएको छ । ¥यापिड टेष्ट पोजेटिभ देखिएका त्रिवेणी नगरपालिकाका दुई जनाकै स्वाव संकलन गरेर धनगढी लगिएको थियो । धनगढीको प्रोगशालामा परिक्षणबाट दुबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यलय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।

र्यापीट टेष्ट पोजेटिभ देखिएका ६० बर्षकालाई जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएको छ भने २२ बर्षका अर्का युवक भने नगरपालिकाकै स्वास्थ्य कार्यलयको तोलीको क्वारेनटाइनमा राखिएको थियो । आइसोलेसनमा राखिएकालाई अहिले उनीहरुको अबस्था चेकजाँच गरेर घर पठाउने वा के गर्ने बारे निर्णय गर्ने जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिकले जानकारी दिएका छन् ।

बुढीगंगा नरपालिकाका एक १८ वर्षिया किशोरी र अर्का एक जनाको स्वाव परिक्षणका लागि मार्तडीबाट धनगढी पठाइएको कार्यलय प्रमुख विकले बताएका छन् । किशोरी जिल्ला अस्पताल मार्तडीको आईसोलेशनकक्षमा छन् भने अर्का पुरुष नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्