Logo
Logo

नेकपा एसको निर्वाचन निर्देशिका: केन्द्रीय कमिटीमा जिल्लाबाट एक जना अनिवार्य


1.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनमा निर्वाचन निर्देशिका सार्वजनिक भएको छ ।

कमलादीमा जारी महाधिवेशनको चौथो दिन केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटी निर्वाचन निर्देशिका २०८१ तय गरिएको हो ।

महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । केन्द्रीय कमिटी निर्वाचनमा प्रत्येक जिल्लाबाट एक जना प्रदेश अन्तर्गत २५ सय संगठित पार्टी सदस्य, बराबर एक जनाका दरले थप हुने निर्देशिकामा उल्लेख छ ।

महिला लगायतका सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने उल्लेख छ ।

नेकपा एसको भावी नेतृत्वमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने देखिएको छ । महासचिव भुसाललाई सम्मानित नेता झलनाथ खनालको समर्थन छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000