Logo
Logo

लकडाउनमा हुन्डी फस्टायो, २४ लाखसहित कलंकीमा दुई पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ वैशाख
लकडाउनको समयमा पनि हुन्डी कारोबार फस्टाएको छ ।
काठमाडौं महानगरपालिका–१३ टंकेश्वर र काठमाडौं महानगरपालिका–१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद २४ लाख २१ हजार रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भइ हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेश कुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बाग्लुङ घर भएका ३५ वर्षीय सागर श्रेष्ठ रहेका छन् । उक्त रकममध्ये गुप्ताको साथबाट ६ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ बरामद भएको हो ।
उक्त स्थानमा हुण्डी कारोवार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोवारमा संलग्न उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्