Logo
Logo

कोरोना अपडेट : विश्वभर २ लाख ८७ हजारको मृत्यु, ४२ लाख ६९ हजारभन्दा बढी संक्रमित


(एएफपी)


जेनेभा, ३० वैशाख (एएफपी) । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढीको ज्यान गएकोे छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए भने तीन हजार ४०३ जनाको ज्यान गएको छ । प्राप्त समाचार अनुसार विश्वभर करिब ४७ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९४ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजारको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजारको ज्यान गएको छ जबकी अघिल्लो दिन यहाँ ७ सय ५० जनाको मृत्यु भएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८१ हजार ७९५ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वा्धिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७९, स्पेनमा १२३ र फ्रान्समा २६३ जनाको ज्यान गएको छ । दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा ११ हजार ६५३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्