Logo
Logo

एक बालिकासहित सात जनामा आज कोरोना पुष्टिसँगै नेपालमा संक्रमित २५० पुग्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १ जेठ । कोरोना भाइरसको सङ्क्रमण आज सात जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण क्रममा नयाँ सात जनामा सङ्क्रमण देखिएको बताए ।

सङ्क्रमित देखिएका व्यक्ति काठमाडौँ चन्द्रागिरिका ३२ वर्षीय पुरुष, कपिलवस्तुका ६ वर्षीया बालिका, सर्लाही धान्कोल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषा जनकुपर उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, धनुषाकै मिथिला नगरपालिकाका  २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिकाका १६ वर्षीय पुरुष, महोत्तरीकै बलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको प्रवक्ता डा अधिकारीले बताए ।

आज देखिएका सङ्क्रमितहरुमा एक बालिकासहित दुई महिला र पाँच पुरुष रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या २५० पुगेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्