Logo
Logo

राष्ट्रिय वाणिज्य बैंकको तेस्रो त्रैमासमा ३ अर्ब ४९ करोड ९३ लाख खुद नाफा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्ममा करिब ७ अर्ब खुद ब्याज आम्दानी गरेको जनाएको छ । बैंकको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले ३ अर्ब ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १५.२५ प्रतिशतले घटेको हो। गत वर्षको यही अवधिमा बैंकले ३ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा ४ अर्ब १६ करोड रहेको छ भने यस वर्ष बैंकले २ खर्ब ४५ करोड रुपैयाँको निक्षेप संकलन गरेको जनाएको छ यस्तै एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दनी ४४ रुपैयाँ ९६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्