Logo
Logo

पाकिस्तानी एयरलाइन्स दुर्घटनाग्रस्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ जेठ (एजेन्सी) । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह दुर्घटनाग्रस्त भएको छ । विमान अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटना भएको हो ।
पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको जानकारी दिएको बताएका छन् । विमान लाहोरबाट कराँची आइरहेको समाचारमा स्थानीय मिडियाले जनाएका छन् ।
सामाजिक सञ्जालमा दुर्घटनास्थलबाट बाक्लो धुँवाको मुस्लो निस्किरहेको देख्न सकिन्छ । कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको हवाई सेवालाई सुचारु गरिएको केही दिनमा नै यो दुर्घटना भएको हो । अन्य थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्