Logo
Logo

राज्य व्यवस्था समितिले बोलायो प्रधानमन्त्री र गृहमन्त्री


1.7k
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले आज बस्ने बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गर्दैछ ।

मध्याह्न सवा १२ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मान अधिकार समितिको सभाकक्षमा बस्ने बैठकमा प्रधामन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पनि आउने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । सोही विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई बोलाएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000