Logo
Logo

तिहार नजिकियो, सङ्खुवासभामा घट्यो मादलको व्यापार


504
Shares

खाँदबारी । तिहार आउनै लाग्दा सङ्खुवासभाको खाँदबारीमा मादलको व्यापार घट्दो छ । केही वर्षअघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाच गान गर्ने चलन थियो ।

तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी भैलो खेल्नेको थुप्रै समूह पाइन्थ्यो । तर आधुनिकतासँगै विद्युतीय बाजाको प्रयोग बढ्न थालेपछि मादलको महत्त्व कम हुँदै गयो। बिक्री पनि घट्न थाल्यो ।

डिजिटल गीतसङ्गीतको कारण मादल नै संकटमा पर्न थालेको छ । यो व्यवसायमा लागेकालाई भने झनै समस्या पर्दै गएको भोजपुर दिङ्लाकै अर्का मादल व्यवसायी बलबहादुर बयलकोटीले बताए । पहिलेपहिले जोर मादल बजाएर आँगनमा देउसी खेलिन्थ्यो तर अहिले क्यासेट बजाएरदेउसी खेल्ने चलनले मादल लोप हुँदै गएको उनले बताए ।

मादल व्यवसाय गर्दै आएका भोजपुर षडानन्द नगरपालिका–६ केउरेनिपानीका शेरबहादुर सार्कीले मादलबाट वार्षिक डेढ लाख आम्दानी हुने गरेको भए पनि केही वर्षयता घट्दै गएको बताए ।

विद्युतीय बाजा सस्तोमा पाइने भएकाले मादल बिक्रीमा कमी हुँदा मादल बजाउनेकै सङ्ख्या पनि कम हुँदै गएको छ । पछिल्लो समय मादल बिक्री हुन छोडेपछि इलेक्ट्रोनिक्स साउण्ड सिस्टमको माग बढी रहेको व्यापारी बताउँछन् ।

ठूलाठूला मेला महोत्सवका लागि मात्र प्रयोग हुने विद्युतीय बाजा हिजोआज तिहारमा भैलो खेल्नका लागि पनि प्रयोग हुन थालेका कारण मादल बनाउने पेशा अँगालेकाहरूको व्यवसाय नै संकटमा परेको छ । यहाँ एउटा मादलको मूल्य तीन हजारदेखि १५ हजारसम्म पर्छ ।

प्रतिक्रिया दिनुहोस्