Logo
Logo

धनराज गुरुङमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री


4.1k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् ।

बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपसभापति गुरुङमाथि पनि अनुसन्धान हुने बताएका हुन् । गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए ।

उनले भने, ‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ । यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्