Logo
Logo

थिमीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाकाे मृत्यु


441
Shares

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा आइतबार बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्य भएको भएको छ ।

भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा प्र ०१–००६ख २९९६ नं को मयुर यातायातको बसले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई थिमी चारदोबाटोमा ठक्कर दिँदा चाँगुनारायण–७ बागेश्वरीकी ४५ वर्षीया अप्सरा फुयाँलको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनलाई तत्काल भक्तपुर इन्टरनेसनल अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस र मोटरसाइकलसहित दुवै चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्