Logo
Logo

गर्भवती महिलाको उद्वार


- दृष्टि न्युज/संवाददाता


नन्दा थापा, जेठ १८ बाजुरा । बडिमालिका नगरपालिकाले एक जना गर्भवती महिलाको उद्धार गरी जिल्ला बाहिर पठाएको छ । जिल्ला अस्पताल बाजुरामा उनको उपचार संभव नहुने भएपछि नगरपालिकाले आफ्नै सहयोगमा उद्धार गरी धनगढी पठाइएको हो । बडीमालिका नगरपालिका ९ निवासी २२ वर्षिया पबित्रा सार्कीको बच्चा पाउने बेला अबस्था जटिल हुने भन्दै जिल्ला अस्पताल बाजुराले सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरेको भए पनि आर्थिक स्थिति कमजोर भएका कारण केही दिनदेखी घरमै रहेकी थिइन् ।

सार्की परिवारले धनगढी जाने एम्बुलेन्सको भाडा तिर्न नसकेपछि घरमा लगेको थियो । शनिबार मात्र बडिमालिका नगरपालिकाको सहयोगमा पबित्रा सार्कीका लागि एम्बुलेन्स सहयोग गरी धनगढी पठाइएको हो । पबित्राले यो भन्दा पहिला दुई पटक अप्रेशसन गरेर बच्चा जन्माएकोले बाजुरा अस्पतालले रिफर गर्नुपरेको डा. शेर बहादुर साउदले वताएका छन् ।

डा. साउदले भने, फेरि पनि अप्रेशन गरेर बच्चा जन्माउनु पर्ने हुन्छ, दुई पटक भन्दा बढि अप्रेशन गर्दा निकै जटिल हुने गर्छ, त्यो बेला रगतको ब्यबस्थापन त्यस्तै परे पाठेघर नै फाल्नु पर्ने अबस्था हुन्छ, यहाँ सम्भब छैन ।

अस्पतालले जेठ २२ गते पबित्राको बच्चा पाँउने मिति दिएको छ, २ हप्ता पहिला नै सुबिधा सम्पन्न ठाँउ लग्ने भनिसकेको थियो तर १५ गते मात्र रिफर कागज बनाउन आएको र रिफर गरीसकेको थियो । पवित्रालाइ तत्काल धनगढी लग्नुपर्ने चिकित्सले बताएका थिए । तर पैशा नभएपछि घरमै रहेको अबस्थामा आज नगरपालिकाले उद्धार गरी पठाएको बडिमालिका नगरपालिका नगर उपप्रमुख कबिता बिष्टले बताइन् ।

जेठ १५ गते बडिमालिका नगरपालिकामा आर्थिक सहयोगका लागि जगत सार्कीले निवेदन दिएको भएपनि नगरपालिकाले आर्थिक ब्यबस्थापन कठिनाई भए पनि आज उद्धार गरी धनगढि पठाइसकेको उपप्रमुख बिष्टले बताइन ।

प्रतिक्रिया दिनुहोस्