Logo
Logo
उपनिर्वाचन

पुथा उत्तरगङ्गामा एकीकृत समाजवादीले माओवादीलाई समर्थन गर्ने


3.7k
Shares

रुकुम पूर्व । नेकपा (एकीकृत समाजवादी) ले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा उम्मेदवारी फिर्ता लिएको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र २ नम्बर वडाध्यक्षको पदमा उपनिर्वाचन हुँदैछ । जसमा एकीकृत समाजवादीका उपाध्यक्ष पदमा सुनिता बुढामगरले उम्मेदवारी दिएका थिए । बुढामगरले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

आज माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति गरी एसले आफ्नो उम्मेदवारी फिर्ता गरी माओवादी केन्द्रलाई समर्थन गरेको माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बराल गौतमले बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000