Logo
Logo

युद्ध अन्त्यको उपाय पहिल्याउन दोहामा तालीबान–अमेरिका वार्ता


काबुल/(एजेन्सी



काबुल, ११ माघ (एजेन्सी) । अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूह र अमेरिकाबीच कतारको दोहामा वार्ताको प्रक्रिया सुरु भएको छ ।
कतारको दोहामा रहेको राजनीतिक कार्यालयमा हुने वार्तामा तालीबानले नयाँ प्रमुखमा रुपमा आफ्ना स्ंसथापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ ।
अफगानिस्तानमा विगत १७ वर्षदेखि जारी युद्धको अन्त्यको उपाय पहिल्याउन संयुक्तराज्य अमेरिकासँग दोहामा सोमबारदेखि शुरु भएको वार्ता प्रक्रिया सुरु भएको हो । जहाँ तालीवानीका तर्फबाट बरादर सहभागी हुनेछन् ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बिहीबार जारी गरेको विज्ञप्तिमा तालिबानका वरिष्ठ सदस्य मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरिएको उल्लेख छ । विज्ञप्तिमा बरादरलाई दोहा कार्यालयको प्रमुखका रुपमा जिम्मेवारी दिएको जनाइएको छ ।
दोहामा अमेरिकी अधिकारीहरुसँग चार दिनदेखि प्रत्यक्ष वार्ता गरिसकेपछि पछिल्लो घोषणा गरिएको छ । दुबै पक्षबीच शुक्रबार वार्ता हुने नहुनेबारेमा स्पष्ट भइसकेको छैन । विश्लेषकहरुले ‘अभूतपूर्व’ भनेको उक्त वार्तापछि कुनै किसिमको सहमति हुने आशा पलाएको बताएका छन् । वार्ताले अफगान मामिलामा विस्तृत शान्ति सम्झौताका लागि मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ ।
तर अमेरिकाले वार्ताका बारेमा कुनै प्रतिक्रिया दिएको छैन, तर अमेरिकाले मंगलबार अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र तालिबानका प्रतिनिधिबीच कतारमा वार्ता गरिएको पुष्टि गरेको छ । वार्तामा सहभागी नबनाएकामा असन्तुष्टी जनाएका अफगानी अधिकारीहरुले कुनै सहमति गर्दा अफगान सरकारलाई सामेल गराउनै पर्ने चेतावनी दिएको छ ।
विगतमा दोस्रो नम्बरका नेता बरादरले तालिबान आन्दोलनका संस्थापक एवं सन् २०१३ मा निधन भएका मुल्लाह ओमारलाई समर्थन गरेका थिए ।
सन् २०१० मा पाकिस्तानमा पक्राउ परेका बरादरलाई दोहामा पहिलो वार्ता शुरु भएलगत्तै गत अक्टोबरमा रिहा गरिएको थियो । दोहामा तालिबान र अमेरिकी विशेषदूत खलिलजादबीच भएको पहिलो वार्तामा पनि बरादर सहभागी भएको विश्वास गरिन्छ, तर दुबै पक्षले यस बारेमा केही खुलाएका छैनन् ।

मुल्लाह बरादरका अलाबा तालिबानको सैनिक एवं नागरिक विभागहरुका पदमा धेरैवटा परिवर्तन गरिएको तालिबानले वक्तव्यमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्