Logo
Logo

विवादमा प्रेमलीला : निर्देशक पाण्डेमाथि आर्थिक हिनामिनाको आरोप


- दृष्टि न्युज/संवाददाता



फिल्म’ प्रेमलीला’की नायिका दिपशिखा


काठमाडौं, ११ माघ । फिल्म ‘प्रेमलीला’ रिलिजकै मुखमा आएर नायिका र निर्देशकबीच विवाद चर्किएको छ । फिल्मको निर्मात्री समेत रहेकी दिपशिखा खड्काले निर्देशक जनक पाण्डेलाई आर्थिक हिनामिना गरेको आरोप लगाएकी छन् । यससँगै ‘प्रेमलीला’को प्रदर्शनमा असर पर्ने देखिएको छ । यो फिल्मको प्रदर्शन मिति १० फागुनमा तोकिएको छ ।
फिल्म’ प्रेमलीला’की नायिका दिपशिखाले फिल्मका निर्देशक आधा छायाँकन सकिन लाग्दा फिल्म छायाँकन सेट छोडेर हिँडेको र आर्थिक हिनामिना गरेको आरोप लगाएकी हुन् । नायिका खड्काले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै फिल्ममा लगानी समेत गर्ने सर्तमा पाण्डे निर्देशक बनेको र छायाँकनको समयमा पैसा निकाल्न नसकी आफूसँग लिएको पैसाको समेत हिसाब–किताब देखाउन नसकेर भागेको बताएकी छन् ।

स्टाटसमा उनले भनेकी छन्, ‘मैले बारबार फोन सम्पर्क गरेँ, फेसबुकमा म्यासेज गरेँ, कुनै जवाफ आएन । त्यसपछि रिसले गाली गरेर म्यासेज गरेँ, पुलिस केस गर्ने धम्की दिए तर पनि केही शिप लागेन’


निर्देशक पाण्डेले आफुलाई धोका दिएको कारण आफुले सुन र गाडी समेत बेच्न परेको गुनासो पोख्दै नायिका खड्काले निर्देशक पाण्डेकी श्रीमती बिष्णु चापागाई पाण्डेबाट आफुलाई विभिन्न अपशब्द म्यासेज आएको र आफुले मानसिक तनाव भोग्नु परेको उनले बताएकी छन् ।
पछिल्लो समय सार्वजनिक फिल्मसँग सम्बन्धित सामाग्रीहरुमा समेत निर्देशकको नाम हटाइएको छ । निर्देशक पाण्डेको नाम हटाएको विषयमा दिपशिखाले भनेकी छन्, ‘जसले फिल्मको छायाँकन नै पुरा गरेको छैन, उसलाई निर्देशक भनेर मेरो फिल्ममा राखिरहनुको कुनै औचित्य छैन । त्यसैले मैले नाम हटाएको हुँ ।’
निर्देशक पाण्डेबिरुद्ध आफुले निर्माता संघ र निर्देशक संघमा निवेदन दिएको समेत खड्काले बताएकी छन् । फिल्ममा खड्कासँगै अलिखान, मौसम खड्कालगायतको अभिनय रहेको छ । प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवादसमेत खड्काले नै लेखिकी हुन् ।

प्रतिक्रिया दिनुहोस्