काठमाडौं । गायक, संगीतरका एवं चलचित्र निर्माता दीपक रमणको स्वरमा नेपाल भाषाको हाँस्य गीत ‘याकन जित व्या याना व्यु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । कृष्ण महर्जनको संगीत रहेको उक्त गीतको भिडियोलाई दीपक रमणले नै निर्देशन गरेका छन् ।

ओमः नमो शिवाय फिल्मसको व्यानरमा निर्मित भिडियोमा दिपक रमण, सरु महर्जन, पूर्ण प्रधान, गायत्री शर्मा, सूर्यमान श्रेष्ठ, सुविना श्रेष्ठ, शर्मिला मानन्धर, रेनु श्रेष्ठ, बिरमायाँ महर्जन, निलिमा कार्की उर्जल महर्जन र दिनेश महर्जनको अभिनय छ । यो भिडियालाई विरेन्द्र भट्टले खिचेको हुन् ।











