Logo
Logo

अवरोधबीच चिकित्सा विधेयक पारित


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच चिकित्सा शिक्षा विधेयक पारित भएको छ । सांसदमा अवरोध र नाराबाजी भएपछि कुनै छलफल नै नगरी विधेयक पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेका हुन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध गरेको थियो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा शुरु हुन नसकेपछि १ घण्टा ढिलाई गरि सुरु भएको थियो ।
बैठकको शुरुमै कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेका थिए । त्यसपछि कांग्रेस सांसद पुष्पा भुसाललाई सभामुख कृष्णबहादुर महराले बोल्न समय दिएका थिए । कांग्रेस सांसदको अवरोधबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल रोष्ट्रममा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्