Logo
Logo

ट्याक्टरले किचेर एक जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


दमौली । व्यास नगरपालिका–१३ बेलवासमा गए राति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी साविक फोक्सिङ गाविस–५ का २२ वर्षीय सूर्य नेपाली रहेका छन् । कोइदिमबाट दमौलीतर्फ आउँदै गरेको ग१त ४६७१ नंको ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचेर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने नेपालीको शव दमौली अस्पतालमा राखिएको छ ।

त्यसैगरी मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर तनहुँमा गएराति एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–१ सेटाङका २० वर्षीया मीरा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।

अबिरल वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्