Logo
Logo

बाराका सीडीओ र सशस्त्रका एसपी सवार गाडी दुर्घटनाग्रस्त, एसपी पोखरेल घटनास्थलमै मृत्यु


- दृष्टि न्युज/संवाददाता


बारा ।

बाराका सुरक्षा अधिकारी चढेको जीप दुर्घटना हुँदा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेल घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल छन् ।

मृतक एसपी बलराम पोखरेल

कर्मचारी मिलन केन्द्रको आयोजनाको वनभोजमा सहभागी भएर फर्किएको ना १ झ १६३३ नम्बरको जीप दुर्घटनामा सिडिओ भट्टराई, बसका चालकसहित तीनजना घाइते भएका छन्। पोखरेललाई बाराको सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका लागि पुर्‍याउँदा निधन भइसकेको थियो।

रोकिराखेको ट्याक्टरमा सिडिओ र एसपी सवार बस ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्