
एजेन्सी । इजरायलले १८३ प्यालेस्टिनी कैदी रिहा गरेको छ । हमासले शनिबार गाजामा तीन इजरायली बन्धकलाई मुक्त गरेपछि बदलामा इजरायलले १८३ प्यालेस्टिनी कैदी रिहा गरेको हो
बीबीसीका अनुसार हमासले रिहा गरेको बन्धकमा एली शराबी, ओर लेवी र ओहद बिन अमी रहेका छन् । हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम छ ।
सोही युद्धविराम सम्झौताअन्तर्गत अहिलेसम्म हमासले २१ बन्धक मुक्त गरिसकेको छ भने बदलामा इजरायलले ५६६ कैदी रिहा गरेको छ ।










